- उनले नेपाल फटबल संघ (एन्फा) द्वारा सूचीकृत ‘ए’ डिभिजनका तथा विदेशीहरु गरी १० वटा टीमहरु सहभागि हुने जानकारी दिए ।
काठमाडौं : नेपाल राष्ट्रिय युवा संघले तेस्रो संस्करणको ‘केपी ओली कप २०८१’ आगामी फागुन ११ गते देखि १९ गतेसमम्म आयोजना गर्ने भएको छ ।
बुधबार पत्रकार सम्मेलनमार्फत संघका महासचिव सुमन पुरीले आगामी फागुन ११ गते देखि १९ गतेसमम्म ‘केपी ओली कप २०८१’ आयोजना गर्न लागेको जानकारी दिएका हुन् । त्यसैगरी उनले नेपाल फटबल संघ (एन्फा) द्वारा सूचीकृत ‘ए’ डिभिजनका तथा विदेशीहरु गरी १० वटा टीमहरु सहभागि हुने जानकारी दिए ।
उनले भने, ‘तेस्रो संस्करणको ‘केपी ओली कप २०८१’ आगामी फागुन ११ गते उद्घाटन भई १९ फाईनल प्रतियोगिता हुने यहाँहरुलाई जानकारी गराउँदछौं । प्रतियोगितामा अखिल नेपाल फटबल संघ (एन्फा) द्वारा सूचीकृत ‘ए’ डिभिजनका तथा विदेशीहरु गरी १० वटा टीमहरु सहभागि हुनेछन् । प्रतियोगिताको क्वाटर फाईनलसम्मका खेलहरु एन्फा कम्प्लेक्स, सातदोवाटो, लतिपुरमा हुनेछन् भने सेमी फाईनल र फाइनल खेल दशरथ रंगशाला, त्रिपुरेश्वर, काठमाडौँमा आयोजना हुनेछन् ।’
उनका अनुसार प्रतियोगिताको प्रथम हुनेलाई रु १५ लाख ११ हजार एक सय ११ रुपैंया, द्वितीय हुनेलाई पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट खेलाडीलाई एकलाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यानअफ द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरु प्रदान गरिने छ भने हरेक खेल विजेता टीमलाई रु २५ हजार नगद प्रदान गरिने छ ।
उनले भने, ‘प्रतियोगिताको प्रथम हुनेलाई रु १५ लाख ११ हजार एक सय ११ रुपैंया, द्वितीय हुनेलाई रु पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट खेलाडीलाई रु एकलाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यानअफ द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरु प्रदान गरिने छ । त्यस्तै हरेक खेल विजेता टीमलाई रु २५ हजार नगद प्रदान गरिने छ ।’
उनका अनुसार प्रतियोगिताको लागि खुल्ला आह्वान गरिने छ । सोही अनुसार सहभागी हुने टीमहरु छनोट गरिने छ । जसमा नेपालका ‘ए डिभिजन’ तथा विदेशी टीमहरुलाई समावेश गराईने पनि उनले जानकारी दिए ।
कार्यक्रमको लागि आवश्यक पर्ने मुलआयोजक कमिटी तथा विषयसँग सम्बन्धीत उपसमितीहरु गठन गरिने साथै यस्तै पुरस्कार तथा व्यवस्थापनको लागि आयोजकसँग विज्ञापन, प्रायोजन तथा सहयोगी संस्था, विभिन्न व्यवसायीक संस्था तथा व्यक्तिहरुबीच सम्झौता हुने उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।