नेपाल कबड्डी लिग शुक्रबारदेखि, प्रि–म्याच कन्फ्रेन्समा सबै उत्साहित
२०८१ माघ ३ गते बिहिवार
- उदघाटन खेलमा शुक्रबार काठमाडौं माभरिक्स र पोखरा लेकर्सबीच प्रतिष्पर्धा हुने जनाइएको छ ।
काठमाडौं: नेपाल कबड्डी लिग (एनकेएल) शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ ।
बिहीबार दशरथ रंगशालामा प्रतियोगिता अघि आयोजित प्रि–म्याच कन्फ्रेन्समा सबै लिगका प्रशिक्षक तथा खेलाडीहरुले तयारी राम्रो भएको र उत्साहित रहेको बताएका छन् ।
उदघाटन खेलमा शुक्रबार काठमाडौं माभरिक्स र पोखरा लेकर्सबीच प्रतिष्पर्धा हुने जनाइएको छ ।
फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता राउन्ड रोबिन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म चल्ने आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ ।
प्रतियोगितामा ६ टिमको सहभागीता रहने छ । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स रहेका छन् ।
राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन् भने इलिमिनेटर र क्वालिफायरपछि फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’