- शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेटले पराजित भएसँगै यू–१९ महिला क्रिकेट टोली स्वदेश फर्किएको हो ।
काठमाडौं: एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपर फोरबाटै बाहरिएको नेपाली टोली आइतबार स्वदेश फर्किएको छ ।
शुक्रबार भएको सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग नौ विकेटले पराजित भएसँगै यू–१९ महिला क्रिकेट टोली स्वदेश फर्किएको हो ।
स्वदेश फर्किएको नेपाली टोली आइतबार अपरान्ह्र काठमाडौं आइपुगेको हो । काठमाडौं आइपुगेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक महेशप्रसाद रिजालले महिला यु–१९ क्रिकेट टोलीले राम्रो प्रदर्शन गरेको बताए । उनले आगामी दिनमा यो टोलीले अहिलेको भन्दा राम्रो प्रदर्शन गरेर नेपाललाई चिनाउने आशा व्यक्त गरे ।
उनले भने, ‘जति राम्रो गर्नुपथ्र्यो त्यो गर्न सकिएन । तर पाकिस्तान जस्तो बलियो टिमसँग जित्नु नै हाम्रो लागि राम्रो प्लस पोइन्ट हो । अपेक्षा गरे अनुसार राम्रो नतिजा ल्याएको छ । तर आगामी दिनमा यो टोलीले अहिलेको भन्दा राम्रो प्रदर्शन गरेर क्रिकेटमा नेपाललाई चिनाउने छ ।’
एसिया कपमा नेपाल समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेको थियो । नेपालले समूह ‘बी’ को उपविजेता र बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा स्थान बनाएका थिए ।
समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग वर्षाका कारण अंक बाँडेको थियो ।
सुपर फोरको पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालले श्रीलंकासँग अंक बाँड्नुपरेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’