जनकपुरधाममा मनाइयो रामानन्दाचार्यको जन्मोत्सव

२०८१ माघ ८ गते मंगलवार
सारांश
  • रामानन्दाचार्यको जन्मोत्सव भक्तमाल कथा, मंगल गान र शोभा यात्रा सहितका कार्यक्रमको आयोजना गरिएको श्रीरामानन्दीय वैष्णव संघका अध्यक्ष रामरोशन दास वैष्णवले जानकारी दिए ।

जनकपुर: जनकपुरधाममा वैष्णव सनातन धर्म प्रवर्तक आचार्य सम्राट आनन्द भाष्कर जगद्गुरु स्वामी  श्री रामानन्दाचार्यजीको जन्मोत्सव मनाइएको छ ।


रामानन्दीय वैष्णव संघ परिवारको आयोजनामा जनकपुरधाम स्थित तुलसी स्मारक परिसरमा जगदगुरु रामानन्दाचार्यको जन्मोत्सव मनाइएको हो । 


रामानन्दाचार्यको जन्मोत्सव भक्तमाल कथा, मंगल गान र शोभा यात्रा सहितका कार्यक्रमको आयोजना गरिएको श्रीरामानन्दीय वैष्णव संघका अध्यक्ष रामरोशन दास वैष्णवले जानकारी दिए । 


त्यस्तै मंगल बधाईगान र प्रसाद वितरण गरी जन्मोत्सव समापन गरिएको वैष्णवले बताए । सो जन्मोत्सव हेर्न हजारौं श्रद्धालु भक्तजन तथा साधु सन्तहरुको सहभागिता रहेको थियो ।


जगदगुरु रामानन्दाचार्य हिन्दु सम्प्रदायलाई एक गर्न तथा हिन्दु धर्मको प्रचार प्रसारमा अतुलनीय योगदान पुर्याएकाले सन्त समुदाय उनको जन्मोत्सव प्रत्येक वर्ष श्रद्धापूर्वक मनाउँदै आएका छन् । उनकै स्मृतिमा जनकपुरधामको रामानन्द चोकमा प्रवेशद्वार समेत निर्माण गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार