- हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली, पुजा कली, चम्पाकली र एकताकली सहभागी भएका थिए ।
भरतपुर (चितवन) १२ पुस : चितवनको सौराहामा जारी १८औँ हात्ती एवं पर्यटन महोत्सवको दोस्रो दिन आयोजित हात्ती सुन्दरी प्रतियोगिताको उपाधि २५ वर्षीया ‘बिजुलीकली’ ले जितेकी छिन् ।
आज भएको हात्ती सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी चार वटा हात्तीलाई पछि पार्दै बिजुलीकलीले हात्ती सुन्दरीको उपाधि जितेकी हुन् । एकचालीस वर्षीय बिजुलीकली युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका आबद्ध हात्ती हो ।
तीन सय पूर्णाङ्कमा दुई सय २२ अङ्क प्राप्त गरी बिजुलीकलीले सुन्दरीको ताज सुरक्षित गर्न सफल भएकी महोत्सव अन्तर्गतको खेलकुद तथा कलाकार व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए ।
हात्ती सुन्दरी प्रतियोगितामा पुनमकली, पुजा कली, चम्पाकली र एकताकली सहभागी भएका थिए ।
सुन्दरी प्रतियोगिताको निर्णायकले हात्तीको आनीबानी, सरसफाइ, हिँडाइ, श्रृङ्गार, आँखाको सुन्दरता, हिँडाइ, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्याङ्कन गरिएको तिवारीले जानकारी दिए । उनले नङ फुटे/नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्याङ्कन गरिएको बताए ।
सुन्दरी प्रतियोगितालगायत अन्यमा विजयी हात्तीलाई महोत्सवको अन्तिम दिन पुस १५ गते पुरस्कार वितरण गरिनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री खनाल र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १९१ जना घाइते
-
अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी
-
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत, कृषि उत्पादनमा ७.८ प्रतिशतले गिरावट
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’