बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेश
३ भाद्र, २०८३, बुधवार
- राप्रपा संसदीय दलका नेता उद्धव थापा तथा नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थन पत्रमा हस्ताक्षर गरेका छन् ।
हेटौँडा: बागमती प्रदेशको नयाँ सरकार गठनका लागि नेकपा एमालेका नेता किरण थापामगरले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आवश्यक समर्थन जुटाउँदै थापामगरले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका हुन् ।
थापामगरले एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको दाबी पेस गरेका छन् ।
समर्थनमा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसद रहेका छन् । १०४ सदस्यीय प्रदेशसभामा ६३ सांसदको समर्थनसहित दाबी पेस गरिएको छ ।
दाबी पेस गर्ने निवेदनमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा संसदीय दलका नेता उद्धव थापा तथा नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थन पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न विहिबार ४ बजेसम्मको समय दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सरकारी वेबसाइटमा सुरक्षित प्रमाणपत्र अनिवार्य गर्न साइबर सुरक्षा केन्द्रको निर्देशन
-
आन्दोलन गर्ने आँट गरेनौं भने सफल हुन सक्दैनौं- ओली
-
तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढ्यो
-
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सकी नवनियुक्त राजदूत इन्जाको शिष्टाचार भेटवार्ता
-
श्रीलंकाका अलराउन्डर थरिन्दु रत्नायके सुदूरपश्चिमबाट एनपीएल खेल्ने
धेरै पढिएको
विशेष
सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न
प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।