बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापामगरको दाबी पेश

३ भाद्र, २०८३, बुधवार
सारांश
  • राप्रपा संसदीय दलका नेता उद्धव थापा तथा नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थन पत्रमा हस्ताक्षर गरेका छन् ।

हेटौँडा: बागमती प्रदेशको नयाँ सरकार गठनका लागि नेकपा एमालेका नेता किरण थापामगरले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

 

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आवश्यक समर्थन जुटाउँदै थापामगरले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरेका हुन् ।

 

थापामगरले एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको दाबी पेस गरेका छन् ।

 

समर्थनमा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसद रहेका छन् । १०४ सदस्यीय प्रदेशसभामा ६३ सांसदको समर्थनसहित दाबी पेस गरिएको छ 

 

दाबी पेस गर्ने निवेदनमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा संसदीय दलका नेता उद्धव थापा तथा नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थन पत्रमा हस्ताक्षर गरेका छन् ।

 

प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न विहिबार ४ बजेसम्मको समय दिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ आईफोनको दुई दशक लामो यात्रा

सन् २००४-०५ तिर एप्पलको कार्यालयमा एउटा अनौठो गतिविधि शुरु भएको थियो । कम्पनीका केही दक्ष इन्जिनियरहरू अचानक आफ्नो पुरानो कामबाट हट्न थाले । उनीहरूसँग काम गर्ने अन्य कर्मचारीलाई समेत उनीहरू कहाँ गए र के काम गरिरहेका छन् भन्ने थाहा थिएन ।

थप समाचार