भोलि विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट
२ भाद्र, २०८३, मगलवार
- यसबारे छलफल गर्न आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बोलाउने तयारी गरिएको छ ।
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्री निवासमा भएको छलफलपछि भोलि विश्वासको मत लिने गरी तयारी अघि बढाइएको हो । यसबारे छलफल गर्न आज दिउँसो २ बजे नेकपा संसदीय दलको बैठक बोलाउने तयारी गरिएको छ ।
विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता दिने तयारीसमेत मुख्यमन्त्री भट्टले गरेका छन् । हाल एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् । अब नेकपाका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी छ ।
केन्द्रमा भएको सहमति अनुसार नेकपा नेता भट्ट साउन २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ऊर्जा मन्त्री श्रेष्ठद्वारा कुलेखानी बाँधको निरीक्षण
-
ट्रम्प टिममा पत्रकारको इन्ट्री, हार्मनी बनिन् ह्वाइटहाउसकी प्रवक्ता
-
काँग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरु
-
कांग्रेस महामन्त्रीमा लड्ने सुनिलकुमार शर्माको घोषणा
-
देउवा समूहको दाबी- गगनकाे अधिवेशनमा सहभागीहरू पनि गल्ती भएछ भन्दै हामीतिर खुल्दैछन्
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।