शान्ति सुरक्षाको अवस्था बुझ्न गृहमन्त्री अर्याल मधेश प्रदेश जादै
२०८२ कार्त्तिक ०९ आइतवार
- शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल मधेस प्रदेशको भ्रमणमा जाने भएका हुन् ।
काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्याल मधेश प्रदेश जाने भएका छन् ।
शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल मधेस प्रदेशको भ्रमणमा जाने भएका हुन् ।
मन्त्री अर्याल सोमबार जनकपुरधाम जाने भएका छन् । उनीसँगै भ्रमणदलमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल पनि रहने छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उहाँहरु भोलि (सोमबार) जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
सोमबार र मंगलबार गरी उनी दुई दिन मधेसमा रहने छन् । त्यस क्रममा उनले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया गर्ने बताइएको छ । यस्तै उनी छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुने बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’