- आन्दोलनमा उत्रिएका युवाहरूले भदौ २४ गते कर्णाली प्रदेशसभालाई कब्जामा लिएर पूर्ण रूपमा ध्वस्त पारेका थिए । आगजनी र तोडफोडका कारण प्रदेशसभा भित्रका भौतिक संरचनाका साथै महत्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएका छन् ।
सुर्खेत : भ्रष्टाचारविरुद्ध युवाहरूले गरेको आन्दोलनका क्रममा कर्णाली प्रदेश प्रदेश सभामा ठूलो भौतिक क्षति भएको छ ।
आन्दोलनमा उत्रिएका युवाहरूले भदौ २४ गते कर्णाली प्रदेशसभालाई कब्जामा लिएर पूर्ण रूपमा ध्वस्त पारेका थिए । आगजनी र तोडफोडका कारण प्रदेशसभा भित्रका भौतिक संरचनाका साथै महत्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएका छन् ।
प्रदेशसभा परिसरमा तोडफोड र आगजनी नभएका कुनै संरचना बाँकी देखिँदैनन् । आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट कर्णाली प्रदेशसभामा मात्रै तीन करोड ९४ लाख १६ हजार तीन सय ९४ रूपैयाँ बराबरको क्षति भएको छ ।
कर्णाली प्रदेश सभा सचिवालयले गरेको क्षतिको प्रारम्भिक मुल्याङ्कन अनुसार सबैभन्दा बढी दुई करोड २० लाख २० हजार तीन सय रूपैयाँ बराबरको क्षति भएको छ ।
त्यस्तै भवन तथा कोठाहरुमा एक करोड छ लाख ५७ हजार चार सय ९० रुपैयाँ, फर्निचर तथा पिक्चर्सका सामाग्रीतर्फ ५३ लाख ९८ हजार आठ सय १२ रुपैयाँ र सवारी साधनतर्फ चार लाख २८ हजार नौ सय रुपैयाँ बराबरको क्षति भएको प्रदेशसभा सचिवालय जिन्सी शाखामा कार्यरत नायव सुब्बा कपिलदेव भण्डारीले जानकारी दिए ।
उनका अनुसार कार्यालयका अन्य खर्च भएर जाने जिन्सी सामानहरुमा ९ लाख १० हजार आठ सय ९२ रुपैयाँ बराबरको क्षती भएको छ ।
कार्यालयमा रहेका दुई मोटर साइकल र एक स्कुटर समेत जलेर नस्ट भएका छन् । कार्यालय परिसरमै पार्किङमा राखिएको हुम्लाको सिमीकोट गाउँपालिकाको एम्बुलेन्स समेत जलेको छ ।
आन्दोलनकारीले प्रदेशसभाको बैठक कक्ष रहेको भवन, सभामुख, उपसभामुख, दलका नेताहरूको कार्यकक्ष, विषयगत समितिका बैठक कक्ष र संसदीय दलका कार्यालयसहित सम्पूर्ण संरचनामा आगजनी र तोडफोड गरेका थिए ।
आगजनीकै कारण प्रदेशसभा बैठक कक्ष पुनःनिर्माण गर्नुपर्ने अवस्थामा पुगेको सचिवालयले जनाएको छ । बैठक भवनमा रहेका दर्शक दीर्घा, रेकर्ड तथा प्रसारण कक्षसमेत नष्ट भएका छन् ।
जसले गर्दा बैठक कक्ष पुनर्निर्माण नगरेसम्म बैठक सञ्चालन गर्न सकिने अवस्था छैन । बैठकको प्रत्यक्ष प्रसारण गर्नका लागि जडान गरिएको कन्ट्रोल रुममै आगजनी भएपछि हालसम्मका प्रदेशसभा बैठकका रेकर्डहरूसमेत नष्ट भएका छन् ।
जेन–जीको आन्दोलनका कारण प्रदेशसभाका सबै भवन र कार्यालयका सम्पूर्ण सामाग्रीहरु नष्ट भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले बताए ।
‘सभाका कुनैपनि अभिलेख र सामाग्रीहरु बचेका छैनन्’ उनले भने, ‘रेकर्ड तथा प्रसारण कक्षमा आगो लगाएपछि हालसम्मका बैठकका रेकर्डहरु पनि नासिएका छन् ।’
कर्णाली प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रालयको इन्जिनियरिङ टोलीले प्रदेश सभामा भएको क्षतिको मुल्याङ्कन गरिरहेको बताए । अहिलेसम्मको प्रारम्भिक मुल्याङ्कन भएको र क्षतिको विवरण बढ्न सक्ने उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।