सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदै,प्रदेशभर सार्वजनिक बिदा
२०८२ भाद्र ०१ आइतवार
- पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छरछिमेकीलाई बाँडेर ओल्के पर्व मनाईन्छ ।
काठमाडौं: सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ ।
पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छरछिमेकीलाई बाँडेर ओल्के पर्व मनाईन्छ । त्यसैले ओल्के भन्नाले उपहार वा कोसेली भन्ने पनि बुझिन्छ ।
आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, यस पर्वको विशेषता रहिआएको छ ।
ओल्के पर्वमा आफ्ना मान्यजन, इष्टमित्र र छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध र दही आपसमा बाँडेर सम्मान गर्ने तथा आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा सुदूरपश्चिम प्रदेशमा वर्षौँदेखि चलिआएको छ ।
यो दिन ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान आदि मान्यजन र आफन्तकहाँ लिएर भेटघाट गर्न जाने चलन छ ।
धेरैजसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन् ।
ओल्के पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’