प्रदेश प्रमुख काठमाडौं हिँडेपछि बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण रोकियो
२०८२ श्रावण १५ बिहिवार
- शपथग्रहण कार्यक्रम आज दिउँसो १ बजेका लागि तय गरिएको थियो। तर प्रदेश प्रमुख दिपकप्रसद देवकोटा स्वास्थ्यमा समस्या देखाए आज बिहानै काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम रोकिएको हो ।
रामेछाप :बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूको आज बिहीबारका लागि तय गरिएको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
शपथग्रहण कार्यक्रम आज दिउँसो १ बजेका लागि तय गरिएको थियो। तर प्रदेश प्रमुख दिपकप्रसद देवकोटा स्वास्थ्यमा समस्या देखाए आज बिहानै काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम रोकिएको हो ।
उनी आज बिहानै उपचारका लागि काठमाडौं हिँडेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात् समस्या आएकोले उपचारार्थ आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको हुँदा उहाँको निर्देशनअनुसार शपथग्रहण कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।’
यसअघि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने लामाले ५ मन्त्रीहरूलाई हटाएर तीन जना नयाँ मन्त्री नियुक्त गरेका थिए ।
पार्टीमा संसदीय दलको नेताको हैसियत गुमाएपछि लामाले गोविन्द लम्साललाई आन्तरिक तथा कानुन, गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण र माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरी हिजै शपथग्रहण गराउन खोजेका थिए । अर्काे सत्तारुढ दल नेकपा एमालेका आग्रह पछि हिजोको शपथग्रहण रोकिएको थियो ।
हिजो सम्पन्न निर्वाचनबाट कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानिया निर्वाचित भइसकेका छन् । पार्टीले बानियालाई मुख्यमन्त्री बनाउन तयारी गरिरहेको बेला लामाले नयाँ मन्त्रीलाई शपथ गराउन लागेपछि प्रदेश प्रमुख स्वास्थ्य उपचारको लागि भन्दै काठमाडौं हिँडेको हुनसक्ने अनुमान गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।