- विभिन्न माग राख्दै हिजो (सोमबार)देखि शान्तिपूर्ण आन्दोलनमा उत्रेका मधेश प्रदेशका आठवटै जिल्लाका सहिद परिवारका सदस्यहरुले आज प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै जुलुस निकालेका हुन् । जनकपुरधामको मुख्य चोकहरुको परिक्रमा गर्दै जनक चोकमा कोण सभा गरेका छन् ।
जनकपुर : कजनकपुरधाममा मधेश प्रदेश सरकारविरुद्ध सहिद परिवारका सदस्यहरुले नाराबाजी गर्नुका साथै विरोध जुलुस निकालेका छन् ।
विभिन्न माग राख्दै हिजो (सोमबार)देखि शान्तिपूर्ण आन्दोलनमा उत्रेका मधेश प्रदेशका आठवटै जिल्लाका सहिद परिवारका सदस्यहरुले आज प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै जुलुस निकालेका हुन् । जनकपुरधामको मुख्य चोकहरुको परिक्रमा गर्दै जनक चोकमा कोण सभा गरेका छन् ।
उनीहरुले मधेशी सहिद प्रतिष्ठानमा तत्काल सदस्य नियुक्त गर्नुपर्ने, सहिद परिवारका सदस्यहरुका लागि प्रदेश सरकारले घोषणा गरेको स्वास्थ्य विमा लागु गर्नु पर्ने, एक परिवार एक रोजगारी दिनुपर्ने र सहिद परिवारका छोराछोरीहरुलाई शिक्षामा छात्रवृति दिनुपर्ने माग राखेका छन् ।
विगतमा आफ्ना समस्याहरु सुनाउन पटक पटक गृहमन्त्री राजकुमार लेखी र मुख्यमन्त्री सतिश कुमार सिंहलाई भेट्न जाँदा उनीहरुले घण्टौं बसाएर आश्वासन बाहेक अरु केही नदिएको शहिद चन्दन पटेलका पिता अवदेश पटेलले आरोप लगाएका छन् ।
उनले सहिद परिवारलाई अहिलेको जनमत नेतृत्वको सरकारले कुनै वास्ता नगरेको गुनासो गरे । मधेश सरकारले आफूहरुको माग पूरा नगरे जिल्ला मुख्यमन्त्रीदेखि अन्य मन्त्री र नेताहरुलाई जिल्ला प्रवेश गर्न नदिने उनले चेतावनी दिएका छन् ।
पटेलले शान्तिपूर्ण आन्दोलनले सरकार नजागे आमरण अन्सनमा बस्ने चेतावनी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’