भ्रष्टाचार आरोपमा मधेश प्रदेश सांसदका स्वकीय सचिव पक्राउ

२०८२ जेठ १३ गते मंगलवार
सारांश
  • आयोगको टोलीले जेठ १२ ९उ(हिजो)जनकपुरधाम उपमहानगरपालिका–९ स्थित सरस्वती टोलबाट अपराह्न १ बजे उनलाई पक्राउ गरेको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।

जनकपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहका स्वकीय सचिव बिनोद कुमार लाल कायस्थलाई भ्रष्टाचार आरोपमा नियन्त्रणमा लिएको छ ।


आयोगको टोलीले जेठ १२ ९उ(हिजो)जनकपुरधाम उपमहानगरपालिका–९ स्थित सरस्वती टोलबाट अपराह्न १ बजे उनलाई पक्राउ गरेको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।


आयोगका अनुसार सांसद सिंहले विभिन्न उपभोक्ता समितिहरू गठन गरेको देखाई ती समितिका खातामा आएको रकम आफ्ना स्वकीय सचिवमार्फत झिकाएर आफू र आफ्नी श्रीमतीको व्यक्तिगत खातामा जम्मा गराएका हुन ।


साथै, बिनोद कुमार कायस्थको खातामा समेत सरकारी रकम जम्मा गराई दुरुपयोग गरिएको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।


स्वकीय सचिव कायस्थ पक्राउपछि आयोगले सांसद सिंहले प्रयोग गर्दै आएका विद्युतीय उपकरणहरू पनि नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार