मुख्यमन्त्री सिंह र सीएआईटी, जयनगर भारत का पदाधिकारीहरुबीच छलफल
२०८२ जेठ १३ गते मंगलवार
- मंगलबार उक्त संस्थाका पदाधिकारीहरुले मुख्यमन्त्री सिंहसंग दुबै देशबीच हुँदै आएको व्यापार व्यसायीक समस्याहरुको बारेमा छलफल गरेका छन् । छलफलमा सीएआईटी, जयनगरका अध्यक्ष प्रीतम बेरुलियाले नेपाल सरकारले अन्तरदेशिय समान किनबेचमा लिँदै आएको करको बारेमा छलफल गर्नुका साथै करको दायरा कम गर्न सुझाव दिएका छन् ।
काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भारतको सीमावर्ती सहर जयनगर सीएआईटी (द कक्फेड्रेसन अफ अल ईन्डिया ट्रेडर्स) का पदाधिकारीहरुबीच छलफल भएको छ ।
मंगलबार उक्त संस्थाका पदाधिकारीहरुले मुख्यमन्त्री सिंहसंग दुबै देशबीच हुँदै आएको व्यापार व्यसायीक समस्याहरुको बारेमा छलफल गरेका छन् । छलफलमा सीएआईटी, जयनगरका अध्यक्ष प्रीतम बेरुलियाले नेपाल सरकारले अन्तरदेशिय समान किनबेचमा लिँदै आएको करको बारेमा छलफल गर्नुका साथै करको दायरा कम गर्न सुझाव दिएका छन् ।
उनले भन्सारमा तिर्नु पर्ने कर धेरै भएका कारण चोरी पैठारी बढेको गुनासो गरे । उनले भारत जस्तै नेपालमा पनि जीएसटी लागु गर्न नेपाल सरकारलाई सुझाव दिन मुख्यमन्त्रीमार्फत आग्रह गरे । उनले नेपाल भारतबीच बेटी रोटीको सम्बन्ध रहेका कारण कसैले निजी प्रयोजनका लागि घरमा मरनहरन भोज भतेरका लागि सामान लिन आए उनीहरुलाई ग्राहिता दिने वातावरण निर्माण गर्न आग्रह गरे । त्यस्तै, उनले भारत सरकारले निर्माण गर्ने भनेको रामायण सर्किट जस्तै मधेश प्रदेश सरकारले सीता सर्किट बनाएर दुबै देशका श्रद्धालुहरुलाई जोड्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
छलफलमा मुख्यमन्त्री सिंहले सीमावर्ती क्षेत्रमा सरसामान खरीद गर्न आवत जावत दिनहुँ हुने गरेता पनि विगतमा भारतीय प्रहरीले नेपाली व्यवसायी र व्यक्तिगत सामान लिन गएका सर्वसाधारणहरुलाई रोकटोक गर्ने, सामान खोस्ने, बिना कामको अल्झाएर राख्ने जस्ता क्रियाकलापहरु हुँदै आएकोमा त्यस्ता घटनाको निगरानी गर्न सीएआईटीका पदाधिकारीहरुलाई आग्रह गरे । उनले दुबै देशबीच व्यापारीक सन्तुलन कायम रह्न आवश्यक रहेको धारणा राखे । उनले सीमावर्ती क्षेत्रमा हुने गरेको अपराधिक घटनाहरुबारे पनि सचेत गरे । उनले लागुऔषध सेवन गर्न सीमावर्ती क्षेत्रमा युवाहरुको संख्या दिनादुदिन बढ्दै गएकोले यसले दुबै देशका युवा पिढिको भविष्य अन्धारमा पुगीरहेको बताए । उनले जनकपुरधामसम्म आउने भारतीय सवारी साधनहरुलाई जनकपुरधामसम्म आउँदा कुनै सवारी कर तिर्नु नपर्ने वातावरण बनाउन पहल गरिरहेको जानकारी दिनुभयो ।
सीएआईटी, जयनगरका पदाधिकारीहरुले मुख्यमन्त्री सिंहलाई जयनगर भ्रमणको निम्तो दिएका थिए । छलफलमा जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारी, भारतीय सञ्चारकर्मीलगायत उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’