बागमती प्रदेशको प्रदेश खेलकुद परिषदले २ करोड १६ लाखको सामान सोझै खरिद

२०८२ जेठ १२ गते सोमवार
सारांश
  • सार्वजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँ भन्दा माथीको रकममा काम गर्दा ठेक्का मार्फत गराउनुपर्ने कानूनी व्यवस्था रहेको भएपनि २ करोड भन्दा धेरै रकमको काम सोझै खरिद गरेकोमा महाँलेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

हेटौँडा : बागमती प्रदेशको प्रदेश खेलकुद परिषद हेटौंडाले २ करोड १६ लाखको सामान सोझै खरिद गरेको पाइएको छ । बितेको आर्थिक वर्षमा खेलकुद परिषद्ले ठुलो रकमलाई ४४ वटा टुक्रा बनाएर विभिन्न फर्महरुलाई वितरणमुखी ढंगले सोझै खरिद गरेको हो ।


सार्वजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँ भन्दा माथीको रकममा काम गर्दा ठेक्का मार्फत गराउनुपर्ने कानूनी व्यवस्था रहेको भएपनि २ करोड भन्दा धेरै रकमको काम सोझै खरिद गरेकोमा महाँलेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ ।


खेलकुद परिषद्ले ४४ वटा र्फमबाट अन्तर प्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन र समापनका लागि भनेर खेल स्थल निर्माण, खेल सामाग्री खरिद, साउण्ड सिस्टम, झण्डा, खादा, छपाइ सम्वन्धी काम लगायतका क्षेत्रमा सोझै खरिद गरेकोमा महाँलेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको हो ।


यसैगरी महाँलेखाले यस परिषद्ले बितेको आर्थिक वर्षमा विभिन्न संघसंस्थालाई दिएको अनुदानका विषयमा पनि प्रश्न उठाएको छ । अनुदान रकम दिएपनि काम भए नभएको र अनुदानको सदुपयोग भए नभएको विषयमा महालेखाले प्रश्न गरको हो । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार