जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आइरहेको छ : बर्तौला
२०८२ जेठ ५ सोमबार
- सोमबार प्रतिनिधि सभाको बैठकमा उनले वर्तमान सरकारले निराशाहरु चिरेर अर्थतन्त्रलाई लयमा ल्याउनको लागि विभिन्न कार्यक्रमहरु गरि अगाडि बढिरहेको भन्दै सदनमा जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आएको बताए ।
काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनमा जादुवाला नम्बर भएकाहरुबाट वर्तमान सरकारले केही गरेन भन्ने जस्तो भ्रम फैलाउने काम भएको बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा उनले वर्तमान सरकारले निराशाहरु चिरेर अर्थतन्त्रलाई लयमा ल्याउनको लागि विभिन्न कार्यक्रमहरु गरि अगाडि बढिरहेको भन्दै सदनमा जादुवाला नम्बर भएकाहरुबाट भ्रम फैलाउने अभिव्यक्ति आएको बताए ।
उनले भने, ‘अहिलेको सरकारले निराशाहरु चिरेर आशामा रुपान्तरण गर्ने, गतिहिनतामा रहेको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकार विभिन्न कार्यक्रमहरु गरि अगाडि बढिरहेको छ । तर जनतामा निराश छाउनेगरी अभिव्यक्तिहरु आइरहेका छन् । गाँउघरमा जादुगरले कागजको पत्ता राखेर हजारको नोट निकाल्छ तर त्यो सत्य होइन, त्यो केवल भ्रम हो । यो संसदमा पनि यस्ता प्रवृत्तिहरु देखिरहेका छौ । जादुगरले कागज देखाएर पैसाको नोट निकालेको जस्तो प्रवृत्तिकै जादुवालाहरु, जादुवाला नम्बर भएकाहरुबाट यस्तो अभिव्यक्ति सुनिरहेका छौं त्यो केबल भ्रम मात्र हो ।’
यस्तै, उनले नेकपा एमाले र नेपाली काङ्ग्रेस मिलेको सरकारले केही गरेको छैन् भन्दै गर्दा विपक्षी सांसदहरु सरकारमा हुँदा भएका कामहरुको पनि तथ्य तथ्यांक स्पष्ट रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’