बुद्ध जयन्तीमा प्रदेश प्रमुखको आह्वान : अहिंसा, शान्ति र विश्वबन्धुत्वमा अग्रसर बनौं
२०८२ वैशाख २९ सोमवार
- विश्व शान्तिका अग्रदूत तथा राष्ट्रिय विभूति गौतम बुद्धको शिक्षाले व्याप्त हिंसा, द्वेष र असहिष्णुताको अन्त्य गर्न सक्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख मियाँले बुद्धका विचारहरू अझै सान्दर्भिक रहेको उल्लेख गरेका छन्।
कैलाली : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले २५६९ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली जनता तथा बौद्ध धर्मावलम्बीहरूलाई अहिंसा, शान्ति र मैत्रीको बाटो अँगाल्न आह्वान गरेका छन्।
विश्व शान्तिका अग्रदूत तथा राष्ट्रिय विभूति गौतम बुद्धको शिक्षाले व्याप्त हिंसा, द्वेष र असहिष्णुताको अन्त्य गर्न सक्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख मियाँले बुद्धका विचारहरू अझै सान्दर्भिक रहेको उल्लेख गरेका छन्।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो,’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ, ‘बुद्धले दिनुभएको प्रेम, सद्भाव र आत्मीयताको मार्गले व्यक्तिको आध्यात्मिक उन्नति मात्र होइन, सामाजिक एकता र सहअस्तित्वलाई पनि बलियो बनाउँछ।’
बुद्ध जयन्ती बौद्ध धर्मावलम्बीहरूले पूजा, ध्यान, भिक्षादानलगायतका विविध धार्मिक विधिबाट श्रद्धापूर्वक मनाउने परम्परा रहेको प्रदेश प्रमुखको सन्देशमा उल्लेख गरिएको छ।
शुभकामना सन्देशमा उनले समाजमा सहिष्णुता, धार्मिक सहअस्तित्व र राष्ट्रिय एकता कायम राख्न बुद्धका शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्
सन्देशमा प्रदेश प्रमुख मियाँले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण मानवजातिलाई हिंसा र युद्धको बाटो परित्याग गरी अहिंसा, मैत्रता र विश्वबन्धुत्वको मार्गमा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेका छन्।
बुद्ध जयन्तीको उपलक्ष्यमा देशभर सार्वजनिक बिदासहित विविध कार्यक्रमको आयोजना गरी पर्व मनाइँदैछ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको छ : नेपाली सेना
-
धादिङको चरौदी–घ्यालचोक झोलुङ्गे पुल बगायो
-
विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।