कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

२३ बैसाख, २०८२, मंगलवार
सारांश
  • बैठकले आगामी जेठ १४, १५ र १६ दिवसमा भव्य रूपमा मनाउने निर्णय गरेको छ

विराटनगर, २३ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  गणतन्त्र दिवस२०८२ दिवसको रूपमा नभई भव्य रूपमा मनाउन निर्देशन दिएका छन् । 


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज गणतन्त्र दिवस मनाउने तयारी बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसलाई सबैले अपनत्व हुनेगरी मनाउनुपर्ने बताए । 


उनले भने,‘दिवसलाई दिवसका रूपमा मात्र होइन यसलाई सबैले अपनत्व गरी मनाउनुपर्छ । गणतन्त्रलाई बलियो र संस्थागत बनाउनका लागि यो दिवस भव्य रूपमा मनाउ ।’


बैठकले आगामी  जेठ १४, १५ र १६ दिवसमा भव्य रूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री कार्कीले गणतन्त्र प्राप्त भएपछि पछिका उपलब्धिलाई आम नागरिकमा जानकारी गराउने र यो व्यवस्थाप्रतिको भरोसा जगाउन पनि दिवसलाई भव्य रूपमा मनाउनुपर्ने बताएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जनाएका छन् । 


मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धि सम्बन्धमा अन्तरक्रिया र कार्यक्रमको  आयोजना गर्न निर्देशन दिए । दिवस मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन समेत गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार