बागमती प्रदेश प्रमुखद्वारा ईद–उल–फित्रको शुभकामना व्यक्त

२०८१ चैत्र १८ सोमवार
सारांश
  • सोमबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधतामा एकता, सामाजिक, सांस्कृतिक सद्भावपूर्ण राष्ट्र भएको उल्लेख गरेका हुन् ।

मकवानपुर : बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले इस्लाम धर्मावलम्बी समुदायबीच मनाइने महत्वपूर्ण पर्व ईदको अवसरमा शुभकामना व्यक्त गरेका छन्। 


सोमबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधतामा एकता, सामाजिक, सांस्कृतिक सद्भावपूर्ण राष्ट्र भएको उल्लेख गरेका हुन् । 


‘नेपालको  भौगोलिक विविधता अनुसार कला संस्कृति र परम्पराहरुमा पनि बहुआयामिकता छ’ उनले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपालमा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मावलम्बीहरुबीच उच्चस्तरिय सहिष्णुता कायम छ, नेपालीहरुको आफ्नै चाडपर्वहरु मध्येको ईद पनि एक हो ।’ 


‘ईद–उल–फित्रको सुखद् अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इस्लाम धर्मका अनुयायी दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति एवम् सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दै ईद मुवारक भन्न चाहन्छु’ उनले सन्देशमा उल्लेख गरेका छन् । 


धार्मिक आस्था र परम्पराहरूले एकता, भातृत्व र मेलमिलापको भावनालाई सुदृढ बनाइ सभ्य र समृद्ध समाज निर्माणमा टेवा पु¥याउँने उनले बताए । ‘हामीले हाम्रो धार्मिक सहिष्णुता  र धार्मिक सम्पन्नतालाई कायम राख्नुपर्दछ । समृद्ध समाज निर्माणमा यस पर्वले थप उर्जा दिने विश्वासका साथ पुनः एकपटक सबैमा इदको शुभकामना व्यक्त गर्दछु’ सन्देशमा भनिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार