चोरी भएका ४० दुई पाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता
२० जेठ, २०८३, बुधवार
- प्रहरीका अनुसार निवेदन र विभिन्न सूचनाका आधारमा खोजी गर्दा ती सवारीसाधन उपत्यकाका विभिन्न स्थानबाट फेला पारिएको हो । केही सवारीसाधनमा वास्तविक नम्बर प्लेट प्रयोग भएको पाइयो भने केहीमा नक्कली नम्बर प्लेट राखिएको अवस्था समेत भेटिएको थियो ।
काठमाडौँ: काठमाडौँ उपत्यकामा विभिन्न स्थान र मितिमा चोरी भएका ४० वटा दुई पाङ्ग्रे सवारीसाधन (मोटरसाइकल र स्कुटर) सम्बन्धित धनीलाई फिर्ता गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा ती सवारीसाधन हस्तान्तरण गरिएको हो । कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २५ वटा मोटरसाइकल र १५ वटा स्कुटर सम्बन्धित धनीलाई बुझाएका हुन् ।
प्रहरीका अनुसार निवेदन र विभिन्न सूचनाका आधारमा खोजी गर्दा ती सवारीसाधन उपत्यकाका विभिन्न स्थानबाट फेला पारिएको हो । केही सवारीसाधनमा वास्तविक नम्बर प्लेट प्रयोग भएको पाइयो भने केहीमा नक्कली नम्बर प्लेट राखिएको अवस्था समेत भेटिएको थियो ।
खोजतलासका क्रममा सिम्ले, गुर्जुधारा, धर्मस्थली, नयाँबसपार्क, जम्बुडाँडा, सातदोबाटो, काँडाघारी, बानेश्वर, जोरपाटी, गोकर्ण, कीर्तिपुर, सुकेधारा, चुनदेवी, नैकाप, सुन्दरीजल, बौद्ध, जयबागेश्वरी लगायतका क्षेत्रबाट ती सवारीसाधन फेला परेका थिए ।
गत साउनयता मात्रै ट्राफिक प्रहरीले ५०२ वटा सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता गरिसकेको जनाएको छ । चोरीमा संलग्न केही व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको छ । सवारीसाधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् ।
ट्राफिक प्रहरीले सवारीसाधन चोरी रोक्न ह्यान्डल लक, डिस्क लक, अलार्म प्रणाली जडान गर्न र सुरक्षित स्थानमा पार्किङ गर्न आग्रह गरेको छ । साथै सवारी हराएमा हटलाइन १०३ वा १०० मा सम्पर्क गर्न सकिने पनि जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
देउवा पक्षले महाधिवेशनको तयारी गरेपछि कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
-
कृष्णभीरमा सडकको ट्रयाक खोल्न रुख कटान शुरु
-
बाढीपीडितका लागि तुंदी कन्स्ट्रक्सनको १ करोड ५२ लाख सहयोग
-
हिमालयमा तीव्र गतिका हिम-चट्टान पहिरोको जोखिम बढ्दै, पूर्वसूचना दिन चुनौती
-
मानस एआईको मेटासँगको सम्झौता रद्द, स्वतन्त्र सञ्चालन शुरु
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।