- काठमाडौं महानगरपालिका-१ नक्साल नारायणचौर एरियामा चिनियाँ नागरिकहरू भिजिट भिषामा नेपाल आई भिषाको उद्देश्य विपरित शंकास्पद गतिविधि गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको छ ।
काठमाडौं: शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा २ जना चिनियाँ नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१ बस्ने चीन फुजियान घर भएका ३३ वर्षीय वांग वेंड र चेन शुआनगुई रहेका छन् ।
काठमाडौं महानगरपालिका-१ नक्साल नारायणचौर एरियामा चिनियाँ नागरिकहरू भिजिट भिषामा नेपाल आई भिषाको उद्देश्य विपरित शंकास्पद गतिविधि गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं नक्साल नारायणचौरस्थित आरआर बिल्डिङ एन्ट्रो टेक्नोलोजी नामक कार्यालय खोली अवैध रूपमा विदेशी मोडल तथा युवतीहरूको लाईभ हब एपमार्फत एकाउन्ट खोली विदेशी र भारतीय नागरिकहरूलाई साथी बनाई कुराकानी गरी पैसा माग्ने गरेको समेत खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’