- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा वितरण हुँदै आएको झोलाको विकल्पमा फाइल तथा स्मार्ट डायरी प्रयोग गर्ने नयाँ अभ्यास सुरु गर्ने भएको छ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा वितरण हुँदै आएको झोलाको विकल्पमा फाइल तथा स्मार्ट डायरी प्रयोग गर्ने नयाँ अभ्यास सुरु गर्ने भएको छ ।
शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पार्टी सभापति रवि लामिछानेले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनेर अपमानित गर्ने प्रवृत्तिको अन्त्य गर्न यस्तो अभियान सुरु गर्न लागेको बताएका छन् ।
उनले पार्टीको विचार, सिद्धान्त र नेतृत्वप्रति विश्वास गरेर राजनीतिमा लाग्ने व्यक्तिलाई ‘झोले’ भनेर चिनाउने प्रवृत्तिबाट रास्वपा बाहिर निस्कनुपर्ने बताए । ‘आज यो प्रशिक्षण कार्यक्रमबाट कम्तीमा रास्वपालाई यो झोले युगबाट बाहिर निकाल्ने सोचेको छु मैले,’ लामिछानेले भने ।
उनका अनुसार अब पार्टीका प्रशिक्षण तथा अन्य कार्यक्रममा सहभागीलाई झोला वितरण गर्नुको सट्टा जनताका मुद्दा, गुनासा र सुझाव संकलन गर्न मिल्ने फाइल तथा स्मार्ट डायरी उपलब्ध गराइनेछ । उक्त फाइलमा आवश्यक कागजातसँगै ल्यापटप, आईप्याडलगायत सामग्रीसमेत राख्न सकिने उनले बताए ।
‘हामी झोला बोक्ने होइनौँ, हामी पछि लाग्ने होइनौँ, सँगै हिँड्ने हो। झोलालाई छोडेर अब यस्तो एक किसिमको स्मार्ट डायरी सुरुवात गरौँ,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रहरी निरीक्षक भन्दै दुई लाख माग्ने पाँच जना पक्राउ
-
स्पेनमा आज आम निर्वाचन, सर्वेक्षण दक्षिणपन्थी गठबन्धन अगाडी
-
सुनचाँदीको मूल्य बढ्यो
-
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात
-
सौरभ राज पन्तको टिप्पणी: “प्रधानमन्त्रीज्यू, दिल्ली-बेइजिङसँगै खाडीलाई पनि प्राथमिकता दिऔँ, खाडी अध्ययन कार्यदल यथाशीघ्र गठन गरौँ।”
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।