संयुक्त पत्रकार सम्मेलनः मोदीले हिन्दीमा बोले, बालेनले नेपालीमा
७ मार्ग, २०८३
- भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।
काठमाडौं : भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएका छन् । उक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीहरूले आ-आफ्नै देशको भाषामा सम्बोधन गरे ।
सुरुमा बोलेका मोदीले हिन्दीमा लिखित सम्बोधन वाचन गरेका थिए । त्यसपछि बोलेका बालेनले नेपाली भाषामा बोले । दुवैले सम्बोधन गर्दा कार्यक्रममा सहभागीहरूलाई अंग्रेजी अनुवादको अडिओ उपलब्ध गराइएको थियो ।
यसअघि दुई देशका प्रधानमन्त्रीको पत्रकार सम्मेलनमा दुवैले अंग्रेजी भाषामा बोल्ने आम प्रचलन थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा सरकार गठनका लागि लिकुड र याशारबीच छलफलमा मतभेद
-
रास्वपा सांसद आशिका तामाङ र केपी खनालबीच किन भयो विवाद ?
-
दुई दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किदैँ
-
नेपाल–भारतले जारी गरेको ‘विकसित भारत र समुन्नत नेपाल: साझेदारीको पुनर्कल्पना’ मा के के छ ?
-
प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।