अस्ट्रेलियामा कांग्रेस देउवा पक्षको पनि महाधिवेशन, ५३ सदस्यीय समिति गठन

५ मार्ग, २०८३
सारांश
  • नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षको प्रभाव अस्ट्रेलियास्थित प्रवासी संगठनमा पनि देखिएको छ ।

अस्ट्रेलिया : नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षको प्रभाव अस्ट्रेलियास्थित प्रवासी संगठनमा पनि देखिएको छ । 

 

कांग्रेसको शेरबहादुर देउवा पक्षले नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ महाधिवेशनको तयारी अघि बढाउँदै सुदीप मुडभरी (साइमन) को संयोजकत्वमा ५३ सदस्यीय तयारी समिति गठन गरेको छ ।

 

यसअघि नेपाली कांग्रेसका नेता गगन थापा पक्षले पनि अस्ट्रेलियामा छुट्टै महाधिवेशन तयारी समिति गठन गरिसकेको छ । दुवै पक्षबाट छुट्टाछुट्टै तयारी अघि बढेसँगै अस्ट्रेलियास्थित नेपाली कांग्रेससम्बद्ध संगठनमा नेतृत्व र प्रतिनिधित्वको विषय थप चासोको विषय बनेको छ ।

 

नेपाली कांग्रेस पार्टीले मुडभरीलाई नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको संयोजकको जिम्मेवारी प्रदान गरेपछि पाँचौँ महाधिवेशन सम्पन्न गर्ने उद्देश्यसहित तयारी समिति गठन गरिएको २० नोभेम्बरमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 

गठित समितिको संयोजकमा सुदीप मुडभरी (साइमन), उपसंयोजकहरूमा निराजन खड्का (साउथ अस्ट्रेलिया), दीपेन्द्र राज हमाल (भिक्टोरिया), भूपेन्द्रराज कँडेल (न्यू साउथ वेल्स) तथा सदस्य सचिवमा विनोद उप्रेती (अस्ट्रेलियन क्यापिटल टेरिटोरी) रहेका छन् ।

समितिमा अस्ट्रेलियाका विभिन्न राज्य तथा टेरिटोरीबाट नेपाली कांग्रेसप्रति आस्थावान् व्यक्तिहरूलाई सदस्यका रूपमा समेटिएको जनाइएको छ ।

 

नेपाल न्यूज बैंकसँग कुरा गर्दै संयोजक मुडभरीले नेपाली जनसम्पर्क समिति अस्ट्रेलियालाई सबैको साझा र एकताबद्ध संस्था बनाउनु आफ्नो प्राथमिकता रहेको बताए । विगतमा विभिन्न कारणले संगठनबाट टाढिएका तथा निष्क्रिय रहेका साथीहरूलाई समेत सम्मानपूर्वक समेटेर अघि बढ्ने उनको भनाइ छ ।

 

उनले नेपाली कांग्रेसको ऐतिहासिक विरासत, लोकतान्त्रिक मूल्य–मान्यता र संगठनात्मक आदर्शलाई आत्मसात् गर्दै अस्ट्रेलियामा रहेका सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने उद्देश्य रहेको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार