राष्ट्रपति पौडेल कनक चैत्य महाविहारमा आयोजित धार्मिक अनुष्ठानमा सहभागी

५ मार्ग, २०८३
सारांश
  • राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँको जनबहालस्थित आर्यावलोकितेश्वर करुणामय श्री कनक चैत्य महाविहारमा आयोजित तीनदिने आयुताहुति होम तथा शान्ति स्वस्ति पाठमा सहभागी भएका छन् ।

काठमाडौँ  : राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँको जनबहालस्थित आर्यावलोकितेश्वर करुणामय श्री कनक चैत्य महाविहारमा आयोजित तीनदिने आयुताहुति होम तथा शान्ति स्वस्ति पाठमा सहभागी भएका छन् ।

 

मंसिर ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको धार्मिक अनुष्ठानको अन्तिम दिन शनिबार राष्ट्रपति पौडेलले विधिपूर्वक पूजाआराधना तथा दर्शन गरेका थिए । अनुष्ठानमा शाक्य–बज्राचार्य गुरुहरूबाट विशेष शान्ति स्वस्ति पाठ, पूजा तथा अग्निहोम गरिएको थियो ।

सो अवसरमा उर्जामन्त्री विराजभक्त श्रेष्ठ पनि सहभागी थिए ।

 

श्री आर्यावलोकितेश्वर सुधार समूहको आयोजनामा भएको महायज्ञको उद्देश्य विश्वशान्ति, प्राकृतिक विपत्ति नहोस् भन्ने कामना, लोककल्याण तथा सम्पूर्ण प्राणी जगतको सुख, शान्ति र समृद्धिको कामना गर्नु रहेको आयोजकले जनाएको छ ।

 

वज्रयान बौद्ध परम्पराअनुसार संकल्प पूजा, रत्नमण्डल, कलश पूजा, अष्टमंगल पूजा, सुकुन्दा पूजा, ध्यान, जप, सूत्रपाठ र अग्निहोमलगायतका धार्मिक विधि महायज्ञमा समावेश गरिएको थियो ।

 

सेतो मच्छिन्द्रनाथको प्रमुख धार्मिक स्थलका रूपमा परिचित कनक चैत्य महाविहार बौद्ध र हिन्दू दुवै धर्मावलम्बीको आस्थाको केन्द्र हो । यहाँ आयोजित धार्मिक कार्यक्रमले काठमाडौँको मौलिक बौद्ध परम्परा, सांस्कृतिक सम्पदा र धार्मिक सहिष्णुताको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार