प्रधानमन्त्री शाह मंसिर ६ देखि दुई दिने भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका
४ मार्ग, २०८३
- प्रधानमन्त्री बालेन्द्र शाहले आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण गर्ने भएका छन् ।
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले आगामी मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण गर्ने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते नेपाल वायुसेवाको विमानबाट अपराहन्न १: ४५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछन् ।
भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित सरकारका वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।
नेपालबाट ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत जाने र निजी क्षेत्रबाट ५२ सदस्यीय टिम आफ्नै खर्चमा भारत जाने मन्त्रालयले जानकारी दिएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मङ्सिर ७ प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री मोदीले शाहको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् ।
यसैगरी, भारतका विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी सहकार्यका विविध क्षेत्रको समीक्षा गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शाह मंसिर ७ गते स्वदेश फर्किने कार्यक्रम छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री शाह मंसिर ६ देखि दुई दिने भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका
-
साइबर ठगीमा परे तत्काल १२४७ मा फोन गर्न राष्ट्र बैंकको आग्रह
-
सुनको मूल्य एकै दिन १२ हजार २०० रुपैयाँले घट्यो
-
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
-
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गते मंगलबार बस्ने
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।