- सरकारद्वारा प्रहरी प्रमुखबाट बर्खास्तीमा परेका दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटउपर भोलि पहिलो सुनुवाइ हुने भएको छ ।
काठमाडौं: सरकारद्वारा प्रहरी प्रमुखबाट बर्खास्तीमा परेका दानबहादुर कार्कीले पुनर्वहाली माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटउपर भोलि पहिलो सुनुवाइ हुने भएको छ ।
यसअघि हिजो पेसी चढेकोमा छठको सार्वजनिक बिदा परेकाले भोलिलाई पेसी निर्धारण गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्वहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।
सरकारले डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा तानेको थियो । कार्कीले मन्त्रिपरिषदले निर्णय गरेकै दिन सल्लाहकारको नियुक्ति बुझिसकेको गृहमन्त्रालयले दाबी गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित, निकायतर्फ सूर्य नेपाल र व्यक्तिगततर्फ राजबहादुर शाह
-
दानबहादुरको मुद्दामा भोलिलाई तोकियो पेसी
-
राष्ट्र बैंकले तीन महिनाका लागि २०० अर्बको निक्षेप संकलन गर्दै
-
वित्तीय अपराध अनुसन्धान प्रभावकारी बनाउन प्रविधि र वैज्ञानिक पद्धतिमा जोड
-
नयाँ जेम्स बन्ड बन्ने भए अभिनेता रोबर्ट प्याटिन्सन
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।