परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलालको शिष्टाचार भेटवार्ता
३० कार्तिक, २०८३
- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलालले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।
काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलालले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले राजदूत दलाललाई नेपालका लागि नियुक्त भएकोमा बधाई दिँदै सफल र फलदायी कार्यकालको शुभकामना दिएका थिए ।
भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो ।
साथै दुवै देशबीच लामो समयदेखि कायम मित्रता र सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।