इनम सापकोटामाथिको अनुसन्धानप्रति एमालेको प्रश्न : रहस्यपूर्ण देखियो
३० कार्तिक, २०८३
- नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिचौलिया इनम सापकोटामाथि भइरहेको अनुसन्धान प्रक्रिया रहस्यमयी र अपारदर्शी देखिएको टिप्पणी गरेका छन्।
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिचौलिया इनम सापकोटामाथि भइरहेको अनुसन्धान प्रक्रिया रहस्यमयी र अपारदर्शी देखिएको टिप्पणी गरेका छन्।
पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सरकारका विभिन्न गतिविधि इनम सापकोटाको नाममा सार्वजनिक भइरहेको बताए। उनका अनुसार सापकोटासँग जोडिएका विषयका थप रहस्य खुल्न बाँकी छन्।
उनले प्रधानमन्त्री बालेन शाहलाई झापाबाट उम्मेदवार बनाउन उपयुक्त हुने वा नहुने विषयमा गरिएको सर्वेक्षणमा समेत सापकोटाको नेतृत्व रहेको चर्चा बाहिर आएको बताए। चुनावी अभियानदेखि प्रधानमन्त्री बनेपछि सरकारलाई सफल बनाउने उद्देश्यले गठन गरिएको कोर टिमसम्म सापकोटाको संलग्नता रहेको भन्ने विवरण सार्वजनिक भएको उनको भनाइ थियो।
प्रधानमन्त्रीका सल्लाहकारले प्रहरी नियन्त्रणमा लिएको मोबाइल दुई–तीन दिनसम्म आफूसँग राखेको विषय पनि बाहिर आएको पोखरेलले उल्लेख गरे।
उनले भने, ‘यद्यपि अहिले यही सरकारले इनम सापकोटालाई नियन्त्रणमा ल्याएको छ। तर पनि अनुसन्धानको प्रक्रिया रहस्यपूर्ण देखिँदै छ, पारदर्शी छैन।’
पोखरेलले पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति पनि चर्को आलोचना गरेका थिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।