- पार्टीले विधान संशोधन गरी अद्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको विवरणमा कांग्रेसका सबै तहका कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू कुन अवस्थामा स्वतः निलम्बनमा पर्नेछन् भन्ने उल्लेख गरिएको छ।
काठमाडौं : नेपाली कांग्रेसको संशोधित विधानमा पार्टीका पदाधिकारी तथा सदस्यहरू निलम्बन हुने अवस्थाबारे स्पष्ट व्यवस्था गरिएको छ।
पार्टीले विधान संशोधन गरी अद्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको विवरणमा कांग्रेसका सबै तहका कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू कुन अवस्थामा स्वतः निलम्बनमा पर्नेछन् भन्ने उल्लेख गरिएको छ।
विधानको धारा ५० को उपधारा (९) अनुसार कुनै फौजदारी कसुरको अभियोगमा थुनामा बसेको अवधिभर सम्बन्धित पदाधिकारी वा सदस्य स्वतः निलम्बन हुने व्यवस्था छ।
त्यस्तै, कुनै पनि तहको अदालतबाट कैद सजाय हुने ठहर भई फैसला भएको अवस्थामा पनि निलम्बन कायम रहनेछ।
तर अन्तिम अदालतबाट सफाइ पाएमा भने सम्बन्धित व्यक्तिको निलम्बन स्वतः फुकुवा हुने व्यवस्था संशोधित विधानमा समेटिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।