स्थानीय तह निर्वाचनको मिति घोषणा हुँदै, निर्वाचन आयोगले दियो चैत ५ को डेडलाइन

३० कार्तिक, २०८३
सारांश
  • सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारी थालेको छ । निर्वाचन आयोगको परामर्शपछि सरकार निर्वाचनको मिति घोषणाको तयारीमा जुटेको हो ।

काठमाडौं :  सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारी थालेको छ । निर्वाचन आयोगको परामर्शपछि सरकार निर्वाचनको मिति घोषणाको तयारीमा जुटेको हो ।


२०७९ वैशाखमा निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा २ महिनअघि निर्वाचन हुनुपर्ने कानूनी व्यवस्था छ । २०७९ जेठ ५ गतेबाट अहिलेका जनप्रतिनिधिले काम थालेको मितिलाई गणना गर्दा चैत ५ सम्म निर्वाचन गर्न सकिने गरी आयोगले राय दिएको छ ।

 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाल प्रेससँग कुरा गर्दै आयोगले स्थानीय तह निर्वाचनका लागि उपयुक्त मिति सरकारलाई सुझावका रुपमा दिइसकेको बताए ।

 

भट्टराईले भने- स्थानीय तह निर्वाचनका लागि १२० दिन (४ महिना) समय कानूनले भनेको छ । अहिलेका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा २ महिनाघि निर्वाचन गर्नुपर्ने भएकाले आयोगले चैतको मिति सुझाएको छ । अब सरकारले उपयुक्त मितिमा निर्वाचन घोषणा गर्छ ।

 

चैत ५ भित्र निर्वाचन गर्नका लागि सरकारले मंसिर पहिलो साता मन्त्रिपरिषद बैठकबाट मिति तोक्नुपर्ने हुन्छ । रास्वपा सभापति रवि लामिछाने फर्किसकेपछि प्रधानमन्त्रीले सल्लाह गरेर निर्वाचनको मिति तोक्ने बताइएको छ । आयोगले यसअघि नै निर्वाचनमा भाग लिने दलहरुसँग परामर्श गरेर सरकारलाई सुझाव दिइसकेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार