अमरेशले सुरु गरे ६० दिने मेची–महाकाली पैदल यात्रा

३० कार्तिक, २०८३
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले ६० दिने मेची–महाकाली पैदल यात्रा सुरु गरेका छन्।

नकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले ६० दिने मेची–महाकाली पैदल यात्रा सुरु गरेका छन्।

 

जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणबाट सोमबार रास्वपा सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमा पैदल यात्राको शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू रविन्द्र पटेल, मनीष झा, पुरुषोत्तम यादव र विनोद यादवसहित पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

 

डा. सिंहका अनुसार देशमा शान्ति स्थापना, राष्ट्रिय एकता सुदृढीकरण तथा नेपालीबीच आपसी सद्भाव र भाइचारा कायम गर्ने उद्देश्यले यात्रा सुरु गरिएको हो ।

 

६० दिनसम्म सञ्चालन हुने यात्राका क्रममा सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनका विषयलाई प्राथमिकताका साथ उठाइनेछ । यात्राका क्रममा विभिन्न गाउँबस्तीमा पुगेर स्थानीय नागरिकका समस्या, आवश्यकता र गुनासा सुन्ने तथा समाधानका लागि पहल गर्ने योजना रहेको सिंहले बताएका छन् ।

 

उनले यो यात्रा केवल पैदल यात्रा नभई जनतासँग प्रत्यक्ष जोडिने, देशको अवस्था बुझ्ने र परिवर्तनका लागि साझा संकल्प निर्माण गर्ने अभियान भएको बताएका छन् ।

 

सिंहले अभियान सफल बनाउन सम्पूर्ण नेपालीको साथ, सहयोग र समर्थनको अपेक्षासमेत गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार