नवनियुक्त आइजिपी मनोज केसी गृह मन्त्रालयमा, आजै पदभार सम्हाल्न आग्रह
१८ कार्तिक, २०८३
- मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा नियुक्त भएका डा. मनोजकुमार केसीलाई गृह मन्त्रालयले आजै पदभार ग्रहण गर्न आग्रह गरेको छ ।
काठमाडौँ : मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा नियुक्त भएका डा. मनोजकुमार केसीलाई गृह मन्त्रालयले आजै पदभार ग्रहण गर्न आग्रह गरेको छ ।
नियुक्ति निर्णयलगत्तै केसीलाई गृह मन्त्रालय बोलाइएको हो । मन्त्रालय स्रोतका अनुसार उनलाई प्रदान गरिने नियुक्तिपत्रसमेत तयार भइसकेको छ । मन्त्रालयले नियुक्तिपत्र बुझ्दै दर्ज्यानी चिह्न (फुली) लगाएर आजै पदबहाली गर्न अनुरोध गरिरहेको छ ।
तर धार्मिक विधि पूरा गर्नुपर्ने भएकाले केसीले भने बिहीबार मात्रै पदभार सम्हाल्ने इच्छा व्यक्त गरेका छन् । समाचार तयार पार्दासम्म उनी गृहमन्त्री सुधन गुरुङ र गृहसचिव केदारनाथ शर्मासँग मन्त्रालयमा छलफलमा रहेका छन् ।
केसीसँगै रहेका उनका स्टाफ अफिसर प्रहरी निरीक्षक धर्मराज जोशीले आफूहरू तयारी अवस्थामा रहेको बताएका छन् । उता, प्रहरी प्रधान कार्यालयमा पनि नवनियुक्त आइजिपीको सम्भावित पदबहालीलाई लक्षित गर्दै प्रहरी अधिकृतहरू तयारी अवस्थामा रहेको स्रोतले जनाएको छ ।
मन्त्रालयले आजै नियुक्तिपत्र बुझेर दर्ज्यानी चिह्न लगाउन आग्रह गरे पनि नियुक्तिपत्र बुझिसकेपछि दर्ज्यानी चिह्न अर्को दिन लगाएसमेत महानिरीक्षकका रूपमा जिम्मेवारी सम्हाल्न सकिने बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
न्युजिल्यान्डलाई हराउँदै भारतले लियो पाँच खेलको सिरिजमा अग्रता
-
ओलीले आईजीपी नियुक्तिमाथि गरे व्यंग्य, भने– ‘अह्राएको गर्छ भनेर बनाएको होला’
-
अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता
-
नवीकरणीय ऊर्जालाई आर्थिक समृद्धिको आधार बनाउनुपर्छ- मन्त्री श्रेष्ठ
-
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।