कार्कीलाई कारवाही नगरी जिम्मेवारी मात्र हेरफेर गरिएको हो- प्रवक्ता पोखरेल

१८ कार्तिक, २०८३
सारांश
  • सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कारवाही नगरी जिम्मेवारी हेरफेर गरिएको बताएको छ ।

काठमाडौ : सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कारवाही नगरी जिम्मेवारी हेरफेर गरिएको बताएको छ ।

 

सरकारका प्रवक्ता एवम शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कार्कीलाई कारवाही नगरिएको बताएका हुन् ।

 

उनले भने- 'उहाँलाई कारवाही गरिएको होइन, जिम्मेवारी हेरफेर मात्र गरिएको हो । अब उहाँको भूमिका प्रधानमन्त्रीलाई शान्तिसुरक्षा सम्बन्धी सल्लाह दिने हुन्छ ।  सुरक्षा सल्लाहकारका रुपमा उहाँको अहिलेको जिम्मेवारी पनि संवेदनशील हो ।'

 

आजै बसेको मन्त्रिपरिषदको बैठकले एआइजी डा. मनोज केसीलाई आइजीपी बनाउने निर्णय गरेको छ ।   
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार