- एमाले नेता प्रदीप ज्ञवाली, पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यसहितको प्रतिनिधिमण्डलले सञ्चार जगत्प्रति ऐक्यबद्धता जनाएको हो।
काठमाडौं : समाचार कक्षमै प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने, समाचारको स्रोत खोज्ने तथा सञ्चारकर्मीका उपकरण नियन्त्रणमा लिने सरकारी कदमप्रति आपत्ति जनाउँदै नेकपा (एमाले) ले प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाएको छ।
एमाले नेता प्रदीप ज्ञवाली, पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यसहितको प्रतिनिधिमण्डलले सञ्चार जगत्प्रति ऐक्यबद्धता जनाएको हो।
सो क्रममा नेता ज्ञवालीले संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यबाट भएको हस्तक्षेपले लोकतन्त्र जोखिममा रहेको सङ्केत गरेको बताए।
समाचार लेखेकै आधारमा समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने अधिकार प्रहरीलाई नभएको उनको भनाइ थियो। समाचारमा कुनै त्रुटि वा पूर्वाग्रह भए त्यसको निरूपणका लागि प्रेस काउन्सिल र अदालतजस्ता वैधानिक निकाय हुँदाहुँदै विनापुर्जी त्रास सिर्जना गर्नु सरकारको असहिष्णु चरित्र भएको उनले टिप्पणी गरे।
तत्कालीन शाही शासनकालमा समेत सेन्सरसिपको सामना गरेको नेपाली पत्रकारिता सरकारी दबाबबाट नडगमगाउने उल्लेख गर्दै ज्ञवालीले सरकारले घटनाको जवाफदेहिता लिँदै पत्रकार र जनतासमक्ष माफी माग्नुपर्ने बताए। एमाले जस्तोसुकै परिस्थितिमा पनि प्रेस स्वतन्त्रता र पत्रकारहरूको अधिकार रक्षाका पक्षमा दृढतापूर्वक उभिने उनले प्रतिबद्धता जनाए।
प्रेस स्वतन्त्रताको रक्षाका लागि सबै राजनीतिक दल, नागरिक समाज र सञ्चार जगत् एकजुट हुनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।