देश ठूलो संकटतर्फ उन्मुख भइरहेको संकेत देखियो- डा. बाबुराम भट्टराई

१५ कार्तिक, २०८३
सारांश
  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले नेपाल ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन् ।

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले नेपाल ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन् ।

 

उनले सत्तारूढ र प्रतिपक्षी दलभित्र चर्कंदो अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अंगमा देखिएको अव्यवस्था तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्राले देशको अवस्था थप जटिल बन्दै गएको बताएका छन् ।

 

त्यस्तै, बढ्दो प्राकृतिक विपत्ति, युवाको निरन्तर विदेश पलायन तथा सञ्चार क्षेत्र र नागरिक वृत्तमा बढ्दै गएको निराशाले पनि संकटको संकेत गरिरहेको उनको भनाइ छ । भट्टराईले देशले अब कुनै पनि बहानामा अस्थिरता र उथलपुथल थेग्न नसक्ने भन्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट गम्भीर हुन आग्रह गरेका छन् । उनले सकारात्मक योगदान गर्न सक्नेले योगदान गर्न र नसक्नेले नकारात्मक काम नगर्नसमेत अपिल गरेका छन् ।

 

उनले भनेका छन्- 'देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कदो अन्तरसंघर्ष, राज्यका प्रमुख अंगहरू न्यायालय/प्रशासन/प्रहरी लगायतमा अस्तव्यस्तता,अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिंदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक संचारक्षेत्र र नागरिक वृत्तमा चुलिंदो निराशा, आदिले देश ठुलो संकटतिर उन्मुख भैरहेको संकेत गर्छ ! अब कुनै पनि बहानामा देशले अस्थीरता र उथलपुथल थेग्न सक्दैसक्दैन ! सबै आआफ्नो क्षेत्रबाट गम्भीर बनौं ! सक्छौं, सकारात्मक योगदान गरौं! सक्दैनौं, नकारात्मक काम नगरौं !'

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार