जलवायु परिवर्तनको क्षतिबारे राष्ट्रिय सभा समितिमा छलफल हुँदै

२९ असोज, २०८३
सारांश
  • बैठकमा विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले नेपालमा पारेको क्षति, निकट भविष्यमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन तथा अन्तर्राष्ट्रिय कूटनीतिक प्रवर्द्धनका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

काठमाण्डौ, २९ असोज । जलवायु परिवर्तनका कारण नेपालमा हालै पुगेको गम्भीर क्षति र आगामी अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालको कूटनीतिक पहलका विषयमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा छलफल हुने भएको छ ।

 

समितिको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको भवन नम्बर २ को दोस्रो तलामा बस्नेछ ।

 

बैठकमा विश्वव्यापी जलवायु परिवर्तनको प्रभावले नेपालमा पारेको क्षति, निकट भविष्यमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन तथा अन्तर्राष्ट्रिय कूटनीतिक प्रवर्द्धनका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

 

समितिले बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषलाई आमन्त्रण गरेको जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार