परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता

२९ असोज, २०८३
सारांश
  • परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत मोहम्मद आमिर खानसँग भेटवार्ता गरेका छन्।

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत मोहम्मद आमिर खानसँग भेटवार्ता गरेका छन्।

 

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उनको कार्यकाल फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

 

भेटका क्रममा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको छ ।

 

दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै सहयोगका नयाँ सम्भावना अघि बढाउने विषयमा विचार आदानप्रदान गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार