- सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले विश्व बैंकसँग ‘नेपाल भूकम्प विपद् बन्ड’ सम्बन्धी अधिकारपत्र सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
काठमाडौं : नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले विश्व बैंकसँग भूकम्पसम्बन्धी जोखिम व्यवस्थापनका लागि सम्झौता गर्ने, बिटौरी जग्गा दर्तासम्बन्धी समिति गठन आदेश स्वीकृत गर्ने र एसियाली खेलकुदमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले विश्व बैंकसँग ‘नेपाल भूकम्प विपद् बन्ड’ सम्बन्धी अधिकारपत्र सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गरेको छ ।
त्यस्तै, जापानको आइची–नागोयामा सम्पन्न २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र करातेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
इजरायलमा सरकार गठनका लागि लिकुड र याशारबीच छलफलमा मतभेद
-
रास्वपा सांसद आशिका तामाङ र केपी खनालबीच किन भयो विवाद ?
-
दुई दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किदैँ
-
नेपाल–भारतले जारी गरेको ‘विकसित भारत र समुन्नत नेपाल: साझेदारीको पुनर्कल्पना’ मा के के छ ?
-
प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मूबीच शिष्टाचार भेट
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।