अनलाइन मतदानको तयारीबारे छलफलमा निर्वाचन आयोग

२१ असोज, २०८३
सारांश
  • निर्वाचन आयोगले अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगसम्बन्धी प्रस्तुतीकरण, प्रविधि प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं : निर्वाचन आयोगले अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगसम्बन्धी प्रस्तुतीकरण, प्रविधि प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

 

कार्यक्रममा विभिन्न देशका विज्ञहरूले अनलाइन मतदानको प्रविधि, प्रणाली सञ्चालन, मतदाता प्रमाणीकरण, साइबर सुरक्षा र अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी दिएका थिए । 

 

एसएमएआरटेकले अनलाइन मतदान प्रणालीको प्रत्यक्ष प्राविधिक प्रदर्शनसमेत गरेको थियो । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोग आगामी दिनमा अनलाइन मतदानको दिशामा अघि बढ्ने बताएका छन् । त्यसका लागि प्रविधिगत तयारी, संस्थागत क्षमता विकास, साइबर सुरक्षा र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो । 

 

निर्वाचन आयुक्त डा. राजीब सुब्बाले अनलाइन मतदानका लागि सरकारी निकायमा उपलब्ध सूचना प्रविधिसम्बन्धी जनशक्ति, सीप र क्षमताको नक्साङ्कन आवश्यक रहेको बताए । डिजिटल पहिचान, मतदाता प्रमाणीकरण, तथ्यांक आदानप्रदान, साइबर सुरक्षा र प्रणाली अन्तरआबद्धतामा समेत तयारी आवश्यक रहेको उनले उल्लेख गरे ।

 

कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण, राहदानी, अध्यागमन, नेपाल प्रहरीलगायत विभिन्न सरकारी निकायका २४ भन्दा बढी सूचना प्रविधि प्रमुख तथा प्रतिनिधि सहभागी थिए । उनीहरूले डिजिटल पहिचान, तथ्यांक संरक्षण, प्रणाली अन्तरआबद्धता र साइबर सुरक्षासम्बन्धी अनुभव तथा सुझाव प्रस्तुत गरेका थिए ।

 

आयोगका अनुसार कार्यक्रमले नेपालमा सम्भावित अनलाइन मतदान प्रणाली कार्यान्वयनका लागि आवश्यक प्रविधि, जनशक्ति, संस्थागत क्षमता, साइबर सुरक्षा, तथ्यांक संरक्षण तथा अन्तरनिकाय समन्वयबारे आधार तयार गरेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार