- नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अल्गोरिदमबाट सत्तामा आएकाहरूले नेपाललाई युक्रेन बनाउने दिशातर्फ डोर्याउन खोजेको आरोप लगाएका छन् ।
काठमाडौं : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अल्गोरिदमबाट सत्तामा आएकाहरूले नेपाललाई युक्रेन बनाउने दिशातर्फ डोर्याउन खोजेको आरोप लगाएका छन् ।
कांग्रेस महाधिवेशनको बन्द सत्रको समापन कार्यक्रममा सम्बोधन गर्दै आङ्देम्बेले बहुमतको नाममा अल्गोरिदमबाट सत्तामा आएकाहरूले देशलाई गलत दिशातर्फ लैजाने प्रयास गरिरहेको बताएका हुन् ।
उनले भने- 'आज देशमा बहुमतको नाममा अल्गोरिदमले सत्तामा आएकाहरूले युक्रेन बनाउने दिशामा लगिरहेका छन् । अब यही हलले यही नेतृत्वप्रति भरोसा गरेर जानुपर्छ। देश यहीँबाट बन्ने छ ।'
आङ्देम्बेले कांग्रेसको १५औँ महाधिवेशनलाई अहिलेसम्मकै ऐतिहासिक महाधिवेशन भएको बताउदै यसपटकको बन्द सत्रमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले महाधिवेशन आफूलाई नौलो लागेको बताए । उनले विगतका बन्दसत्रमा कहिल्यै नीति, सिद्धान्त र भावी कार्यदिशाका बारेमा छलफल भएको नदेखेको बताउदै आफ्नो लागि पनि कांग्रेसको नौलो महाधिवेशन भएको बताए ।
आङ्देम्बेले कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको दाबि गर्दै विगतमा कांग्रेसलाई ‘बूढोहरूको पार्टी’ भन्ने गरिए पनि अहिले १८ वर्षका युवादेखि सबै उमेर समूहका मानिस पार्टीमा जोडिएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
महाधिवेशनमा देउवाको अनुपस्थिति नमिठो लागेको छ- गगन थापा
-
देशलाई युक्रेन बनाउने दिशातर्फ डोर्याउन खोजियो- आङ्देम्बे
-
इरान युद्धमा अमेरिकाले ८१ सैन्य विमान र ड्रोन गुमायो, ३.३ अर्ब डलरभन्दा बढीको क्षति
-
राष्ट्रपति पौडेलसमक्ष थारू र राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस
-
नेप्सेमा गिरावट, ३ अर्ब ७४ करोडको कारोबार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।