कांग्रेस महाधिवेशन: उम्मेदवारी फिर्ता लिने र नाम सच्याउने समय दिउसो २ बजेसम्म

२१ असोज, २०८३
सारांश
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा उम्मेदवारी फिर्ता लिन, उम्मेदवारीको सच्चाउन तथा प्रकाशित नामावलीमा नाम छुटेको भए त्यससम्बन्धी दाबी गर्न आज दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा उम्मेदवारी फिर्ता लिन, उम्मेदवारीको सच्चाउन तथा प्रकाशित नामावलीमा नाम छुटेको भए त्यससम्बन्धी दाबी गर्न आज दिउँसो २ बजेसम्मको समय तोकिएको छ । 

 

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै उम्मेदवारको मनोनयन फिर्ता, उम्मेदवारीको सच्चाइ पाउने निवेदन तथा प्रकाशित नामावलीमा नाम छुटेको भए त्यसको दाबीसम्बन्धी प्रक्रिया अघि बढाएको हो ।

 

समितिका अनुसार निर्धारित समयभित्र सम्बन्धित उम्मेदवार वा प्रतिनिधि सदस्यले आवश्यक प्रक्रिया पूरा गरी दाबी वा निवेदन पेश गर्न सक्नेछन् ।

 

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि यसअघि उम्मेदवारहरूको पहिलो नामावली प्रकाशित भइसकेको छ । उक्त नामावलीमाथि प्राप्त दाबी तथा निवेदनका आधारमा निर्वाचन प्रक्रिया अघि बढाइनेछ ।

 

आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर विहिबार बिहान देखि नै मतदान गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार