परराष्ट्रमन्त्री खनालद्वारा उच्चस्तरीय भेटवार्ता, जलवायु परिवर्तनको चुनौती बारे छलफल

२० असोज, २०८३
सारांश
  • परराष्ट्रमन्त्री शिशिर खनालले फिजी र तुवालुमा आयोजना भइरहेको प्रि–कोप नेताहरूको कार्यक्रममा सहभागी हुँदै तुवालुको राजधानी फुनाफुतीमा विभिन्न देशका सरकार प्रमुख तथा मन्त्रीहरूसँग भेटवार्ता र अन्तरक्रिया गरेका छन् ।

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले फिजी र तुवालुमा आयोजना भइरहेको प्रि–कोप नेताहरूको कार्यक्रममा सहभागी हुँदै तुवालुको राजधानी फुनाफुतीमा विभिन्न देशका सरकार प्रमुख तथा मन्त्रीहरूसँग भेटवार्ता र अन्तरक्रिया गरेका छन् ।

 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कार्यक्रममा सहभागी भएका मन्त्री खनालले तुवालुका प्रधानमन्त्री तथा विभिन्न देशका सरकार प्रमुख र मन्त्रीहरूसँग भेटघाट गरेका हुन् ।

 

भेटका क्रममा मन्त्री खनालले भोटेकोसी नदीमा आएको बाढीबाट नेपालमा भएको पछिल्लो विनाशबारे नेपालको चासो प्रस्तुत गरेका छन् । उनले विपद्बाट नेपालले भोग्नुपरेको क्षति र जलवायु परिवर्तनका कारण बढ्दै गएका चुनौतीबारे धारणा राखेका छन् ।

 

मन्त्री खनालले सानो टापु विकासशील राष्ट्रहरू (एसआईडीएस) प्रति नेपालको ऐक्यबद्धता समेत व्यक्त गरेका छन् । उनले जलवायु परिवर्तनका बढ्दो प्रभाव नेपाल र सानो टापु विकासशील राष्ट्रहरूका साझा चिन्ताका विषय भएको उल्लेख गरेका छन् ।

 

नेपालजस्ता हिमाली मुलुक र साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण फरक–फरक प्रकृतिका जोखिम सामना गरिरहेका भए पनि यसको प्रभावले दुवै क्षेत्रलाई गम्भीर रूपमा प्रभावित गरिरहेको सन्दर्भमा मन्त्री खनालले साझा चासो र सहकार्यको आवश्यकता औँल्याएका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार