प्रधानमन्त्री शाहको सचिवालय टिमको विवरण सार्बजनिक, को को छन् ?
१६ असोज, २०८३, शुक्रवार
- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत २५ जनाको नाम, पद र सुविधासहितको विवरण सार्वजनिक भएको छ ।
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत २५ जनाको नाम, पद र सुविधासहितको विवरण सार्वजनिक भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वेबसाइटमार्फत सल्लाहकार, स्वकीय सचिवालय र विज्ञका रूपमा कार्यरत व्यक्तिहरूको विवरण सार्वजनिक गरेको हो ।
सचिवालयमा ५ जना सल्लाहकार छन् । मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम साह मन्त्री सरह रहेका छन् । ब्यञ्जनकारले भने अवैतानिक रूपमा काम गरिरहेका छन् । राज्यमन्त्रीसरहका सल्लाहकारमा सुदिप ढकाल र विवेक मिश्र तथा विज्ञ सल्लाहकारमा अवैतानिक स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदिश प्रसाद अग्रवाल छन् । सचिवसरहको सुविधामा प्रमुख स्वकीय सचिव सुवाष शर्मा छन् ।
त्यस्तै सहसचिवसरहको सुविधामा स्वकीय सचिव नविन भण्डारी, स्वकीय सहसचिव सञ्जिव पाण्डे र दिपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी तथा सामाजिक विकास विज्ञ विश्व राई छन् । उपसचिवसरहमा प्रकृति ढकाल, विशाल अधिकारी, सुमन गौतम, रविकिरण अधिकारी र विनय शाक्य छन् ।
शाखा अधिकृतसरह सुरेन्द्र बजगाईं, रोशन तामाङ, बेदानन्द जोशी र हेम नारायणदास चौधरी कार्यरत छन् । नासुसरहको सुविधामा प्रशासन सहायक अनुप थापामगर, ऋषि थापा, राजकुमार गौतम, बेनिस कार्की तथा कम्प्युटर सहायक अमृत पाण्डे छन् । प्रधानमन्त्रीको सचिवालयमा ४८ जनाको दरबन्दी रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
मोदी शासनको १२ वर्ष: सांस्कृतिक पुनरुत्थान देखि आर्थिक समृद्धिसम्म
भारतले पछिल्ला वर्षहरूमा केवल आर्थिक र प्राविधिक क्षेत्रमा प्रगति गरेको छैन, अन्तर्राष्ट्रिय कूटनीतिमा पनि आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरेको देखिन्छ।