कांग्रेस महाधिवेशन: असोज १८ गते खुलामञ्चमा उद्घाटन, निर्वाचन असोज २१ र २२ गते
१३ असोज, २०८३, मगलवार
- वडा र गाउँ/नगर अधिवेशन सम्पन्न भइसकेको जानकारी दिदै समितिले प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको बताएको छ ।
काठमाडौँ: नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दुई दिन पछि सरेपछि केन्द्रीय निर्वाचन समितिले नयाँ तालिका प्रकाशित गरेको छ ।
जस अनुसार उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ भने महाधिवेशन प्रतिनिधिको नामावली असोज १५ गतेभित्र पठाउन र प्रतिनिधि दर्ता असोज १६ र १७ गते गर्न केन्द्रीय निर्वाचन समितिले अनुरोध गरेको छ ।
त्यस्तै, वडा र गाउँ/नगर अधिवेशन सम्पन्न भइसकेको जानकारी दिदै समितिले प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको बताएको छ । देशका विभिन्न स्थानमा भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया पूरा हुन बाँकी रहेको समितिले जनाएको छ ।
त्यस्तै, महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते हुनेछन् भने निर्वाचन असोज २१ र २२ गते सञ्चालन हुनेछ । निर्वाचन कार्यक्रमसम्बन्धी अन्य विवरण र विस्तृत कार्यतालिका पछि प्रकाशित गरिने केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कांग्रेस महाधिवेशन: असोज १८ गते खुलामञ्चमा उद्घाटन, निर्वाचन असोज २१ र २२ गते
-
अवरुद्ध टेलिकम सेवा छिटो सञ्चालन गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
म्यानमारको रखाइनमा सेनाको हवाई आक्रमण, ४९ जनाको मृत्यु
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।