एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा ३ हजार ४१४ प्रतिनिधि सहभागी हुने
२७ कार्तिक, २०८३
- नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ।
काठमाडौं : नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ। भेलामा देशभरबाट पार्टीका नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका गरी ३ हजार ४१४ प्रतिनिधि सहभागी हुने भएका छन्।
भेलाको तयारीबारे छलफल गर्न आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बैठक बसेको थियो। बैठकमा विभिन्न प्रदेशबाट हुने सहभागिता, प्रतिनिधिको व्यवस्थापन र कार्यक्रम सञ्चालनसम्बन्धी तयारीको समीक्षा गरिएको थियो।
बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्ताबीच एकीकृत सन्देश प्रवाह गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताए। पार्टीको आन्तरिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, जनजीविकाका सवाल र आगामी राजनीतिक चुनौतीबारे साझा धारणा निर्माण गर्दै पार्टी पंक्तिलाई निर्वाचनको तयारीमा परिचालित गरिने उनले बताए।
संगठन विभाग प्रमुख ढकालका अनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायका ८१ जना, प्रप्रदेश तथा वासी संगठनका ५५ जना, जिल्ला तहका ४४० जना र पालिका कमिटीका १ हजार ५०६ जना प्रतिनिधि सहभागी हुनेछन्।
त्यसैगरी संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनका ९६ जना प्रतिनिधिको सहभागिता रहनेछ।
काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ।
भेलालाई संगठनात्मक एकता सुदृढ गर्ने, पार्टीभित्र साझा धारणा निर्माण गर्ने र आगामी स्थानीय निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने अवसरका रूपमा एमालेले लिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।