अवरुद्ध टेलिकम सेवा छिटो सञ्चालन गर्न मन्त्री तिमिल्सिनाको निर्देशन

१३ असोज, २०८३, मगलवार
सारांश
  • : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीपहिरोबाट अवरुद्ध नेपाल टेलिकमको सेवा शीघ्र पुनःसञ्चालन गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीपहिरोबाट अवरुद्ध नेपाल टेलिकमको सेवा शीघ्र पुनःसञ्चालन गर्न निर्देशन दिएका छन् ।

 

असोज ८ देखि ११ गतेसम्मको विपद्ले प्रभावित १ हजार १३२ टावरमध्ये १ हजार २ वटा सञ्चालनमा आएका छन् भने १३० वटा अझै बन्द छन् ।

 

मन्त्रालयमा टेलिकमको उच्च व्यवस्थापनसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा, उद्धारकर्मी र सरकारी निकायलाई कठिनाइ हुने भएकाले पुनःस्थापनालाई प्राथमिकता दिन आग्रह गरे । विद्युत् आपूर्ति तत्काल सम्भव नभएका स्थानमा वैकल्पिक उपाय अपनाएर सेवा चलाउन उनले निर्देशन दिए ।

 

नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवालका अनुसार विद्युत् र सडक संरचनामा क्षति पुगेकाले केही प्रभावित साइटमा प्राविधिक टोली तथा उपकरण पुर्‍याउन कठिन भएको छ । सडकबाट पुग्न नसकिने ठाउँमा जेनेरेटर, आवश्यक उपकरण र प्राविधिक जनशक्ति हेलिकप्टरमार्फत लैजाने तयारी भइरहेको उनले बताए ।

 

सञ्चालनमा आउन बाँकी टावरमध्ये म्याग्दीमा २४, रोल्पा र प्युठानमा १९/१९, मनाङमा १५, बागलुङमा १३, पाल्पामा ११ र गुल्मीमा नौवटा छन् । अन्य प्रभावित जिल्लामा पनि टोली परिचालन गरी सेवा पुनःस्थापनाको काम भइरहेको टेलिकमले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार