एमालेको केन्द्रीय कमिटीको बैठक शुरु हुदै, ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने

५ असोज, २०८३, सोमवार
सारांश
  • नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केहीबेरमा शुरु हुदैछ । बैठकमा सहभागी हुने एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको भनीमण्डलस्थित रामबाग महल पुगेका छन् ।

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केहीबेरमा शुरु हुदैछ । बैठकमा सहभागी हुने एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको भनीमण्डलस्थित रामबाग महल पुगेका छन् ।

 

यसअघि आजै बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको ऐजेन्डा तय गरेको छ ।

च्यासलमा बसेको बैठकले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तथा केन्द्रीय सदस्य मनोनयन गर्ने एजेन्डा रहेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

 

भट्टले आजको सचिवालय बैठकमा  पुनर्गठन कार्यदलको प्रतिवेदनमा छलफल नभएको बताए । सो प्रतिवेदन केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने नहुने बारेपनि भट्टले स्पष्ट जानकारी दिएनन् । आजबाट ललितपुरको रामबाग महलमा सुरु हुने केन्द्रीय कमिटी बैठक बुधबारसम्म चल्ने छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार