प्रधानसेनापति सिग्देल आज चीन भ्रमणमा जाँदै

२०८३ भाद्र २८ आइतवार
सारांश
  • प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जान लागेका छन् । प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट आइतबार बिहान ११ बजे छेन्दु जाने भएका हुन् ।

काठमाण्डौ, २८ भाद्र । प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणमा जान लागेका छन् । प्रधानसेनापति सिग्देल एयर चाइनाको जहाजबाट आइतबार बिहान ११ बजे छेन्दु जाने भएका हुन् ।

 

प्रधानसेनापति बनेपछि हुन लागेको सिग्देलको यो पहिलो चीन भ्रमण हो । यसअघि गत भदौ २७ देखि असोज ४ गतेसम्म गोन्जाउ र सांघाइमा सैनिक एकाइहरूको कार्यक्रममा सहभागी हुने भ्रमण स्वीकृत भएपनि जेनजी आन्दोलन भएपछि उनको भ्रमण स्थगित भएको थियो ।

 

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सगरमाथा फ्रेन्डसीप नामको  सैन्य अभ्यास हुँदै आएको छ । यस वर्ष पनि सैन्य अभ्यासको तयारी भइरहेको बेला सिग्देल चीन भ्रमणमा जान लागेका हुन् । करिब एक साता लामो भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सैनिक सम्बन्ध, सुरक्षा सहकार्यका विषयमा छलफल हुने नेपाली सेनाको स्रोतले जानकारी दिएको छ ।

 

सिग्देलको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन् ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार