नेपाल र चीनबीच विपद् प्रतिरोध र प्रविधि सहकार्य विस्तार हुनुपर्छ- मन्त्री खनाल

२०८३ भाद्र २७ शनिवार
सारांश
  • परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-चीन सम्बन्धलाई थप विस्तार गर्न हिमालपारि सम्पर्क सञ्जाल, संयुक्त विपद् प्रतिरोध क्षमता, सन्तुलित व्यापार र प्रविधि सहकार्यमा जोड दिएका छन् ।

काठमाण्डौ, २७ भाद्र । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-चीन सम्बन्धलाई थप विस्तार गर्न हिमालपारि सम्पर्क सञ्जाल, संयुक्त विपद् प्रतिरोध क्षमता, सन्तुलित व्यापार र प्रविधि सहकार्यमा जोड दिएका छन् ।

 

काठमाडौँमा फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसलिज्मले आयोजना गरेको ‘काष्ठमण्डप संवाद शृङ्खला–३’ अन्तर्गत ‘नेपाल–चीन सम्बन्ध : सहकार्यका विस्तारित क्षितिज’ विषयक कार्यक्रममा मन्त्री खनालले मुख्य सम्बोधन गरेका थिए ।

 

सम्बोधनका क्रममा उनले नेपाल र चीनबीचको दीर्घकालीन द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन आपसी विश्वास र मित्रतामा आधारित सहकार्य आवश्यक रहेको बताएका थिए । उनले दुई देशबीच हिमालपारि सम्पर्क विस्तार, विपद् व्यवस्थापनमा संयुक्त प्रयास, व्यापारमा सन्तुलन तथा प्रविधिको क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?

ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।

थप समाचार