नेपाल र चीनबीच विपद् प्रतिरोध र प्रविधि सहकार्य विस्तार हुनुपर्छ- मन्त्री खनाल

२०८३ भाद्र २७ शनिवार
सारांश
  • परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-चीन सम्बन्धलाई थप विस्तार गर्न हिमालपारि सम्पर्क सञ्जाल, संयुक्त विपद् प्रतिरोध क्षमता, सन्तुलित व्यापार र प्रविधि सहकार्यमा जोड दिएका छन् ।

काठमाण्डौ, २७ भाद्र । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-चीन सम्बन्धलाई थप विस्तार गर्न हिमालपारि सम्पर्क सञ्जाल, संयुक्त विपद् प्रतिरोध क्षमता, सन्तुलित व्यापार र प्रविधि सहकार्यमा जोड दिएका छन् ।

 

काठमाडौँमा फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसलिज्मले आयोजना गरेको ‘काष्ठमण्डप संवाद शृङ्खला–३’ अन्तर्गत ‘नेपाल–चीन सम्बन्ध : सहकार्यका विस्तारित क्षितिज’ विषयक कार्यक्रममा मन्त्री खनालले मुख्य सम्बोधन गरेका थिए ।

 

सम्बोधनका क्रममा उनले नेपाल र चीनबीचको दीर्घकालीन द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन आपसी विश्वास र मित्रतामा आधारित सहकार्य आवश्यक रहेको बताएका थिए । उनले दुई देशबीच हिमालपारि सम्पर्क विस्तार, विपद् व्यवस्थापनमा संयुक्त प्रयास, व्यापारमा सन्तुलन तथा प्रविधिको क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार